लमजुङ । बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर-चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताउनुभयाे।
खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला-ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको हाे ।
यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ ।
यस सडकमा बर्सेनि पहिराले पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच