अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍योः प्रेम आले

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताउँदै पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताउनुभएको हो ।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो,’ बैठकमा उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?