नाडा र हेल्भटासबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडाअन्तर्गत गठित सीप विकास इकाईका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गतको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अधिकारीहरूको उपस्थितिमा तालिम सञ्चालनका लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा नाडाका अध्यक्ष डा. धु्रव थापा र परियोजनातर्फबाट संस्थाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नुभएको हो । तालिम कार्यक्रम अघि बढाउन मादपण्डसमेत तय गरिएको छ । नाडाका सदस्य कम्पनीमा कार्यरत कर्मचारी, प्राविधिज्ञलगायत नयाँ कर्मचारी र प्राविधिकलाई दक्ष र सीपयुक्त बनाउन सम्झौता भएको हो । जसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठ्यक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने नाडाले जनाएको छ ।

नाडाले पहिलोपटक यस किसिमका तालिमलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य लिएको छ । उक्त कार्य सञ्चालनका लागि नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, कपिल शिवाकोटी, वरदान बस्नेत तथा सोहन श्रेष्ठसहितको छसदस्यीय सीप विकास इकाईसमेत गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?