बझाङ । बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ ।
सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर हुनुभएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थित हलेली भन्ने स्थानमा बिहीबार साँझ ६ बजे लडेर ज्यान गएको हो ।
जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढ्नुभएका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहनुभएको थियो ।
एक्लै घर फर्किरहनुभएका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।







फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको
बाँकेमा फरार १७१ जना कैदी
नेपाल एसीसी प्रिमियर कप क्रिकेट
विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख