ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवतीको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की  २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै उपचार भइरहेको छ ।

ना ५ ख ५७ ७७ नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल शुक्रबार बिहान सवा १० बजे ठोक्किएको हो ।  दुवै सवारी साधनसहित ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?