कृषि अनुदान मिलाइदिए वापत घुस लिने वडाध्यक्ष पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी नौ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?