प्याजमा कालोबजारी भए कारबाहीको चेतावनी

Read Time = 2 mins

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु प्याजको कालोबजारी गरे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत् आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयपछि प्याजको कालोबजारी बढेको छ । व्यापारीले लुकिछिपी ल्याइएको प्याजको कालोबजारी गरेको गुनासोपछि विभागले यस्तो चेतावनी दिएको हो ।

बजेटअघि थोक बजारमा प्रतिकेजी ३५ रुपैयाँमा पाइने प्याजको खुद्रा मूल्य व्यापारीले मनोमानी तोकेर प्रतिकेजी एक सय २० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । विभागले विज्ञप्ति जारी गर्दै प्याजको कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो । तर, विभागका कर्मचारी अनुगमनमा जाँदा कालोबजारी गरेको नपाइएको महानिर्देशक गजेन्द्रकुमार ठाकुरले दाबी गर्नुभएको छ । ठाकुरका अनुसार कालीमाटीका ठूला होलसेलर र आयातकर्ताको गोदाममा छापा मार्दा जम्मा दुई दाना प्याज भेटिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?