बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताउनुभयाे । सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएकाे जानकारी दिनुभयाे ।

सांसदद्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिनुभयाे ।

यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरोबारे सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?