बजेटले संघीयताको मर्मलाई बुझ्न सकेनः सन्तोष परियार

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ ।

आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताउनु भयो । उहाँले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन । जस्तो सशर्त अनुदानको कुरा छ । त्यो भनेको के हो ? त्यो भनेको केन्द्र हाबी भएको हो । केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । संघीयता व्यवस्थाबिरुद्ध जसरी अहिले यो आवाज उठेको छ । संघीयता खर्चालु भयो जस्तो गरेर । यो मिथ्या कुरा गरेर संघीयतामाथि आरोप लगाइएको छ ।’

प्रमुख सचेतक परियारले संघीयताबिरुद्ध खर्चालु भयो भन्नेजस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?