सामसुङको नयाँ एयर ड्रेसर

Read Time = 2 mins

काठमाडौं । कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले नयाँ एयर ड्रेसर लन्च गर्दै उद्योगकै पहिलो उन्नत स्मार्ट क्लोदिङ केयर सोलुसन नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार सामसुङको यो नवीनतम् एयर ड्रेसरले धुलो, प्रदूषक र कीटाणु हटाउन शक्तिशाली हावा र वाफ प्रयोग गर्छ । लक्जरी लिभिङ र कार्यालयहरूमा सजिलो र सुविधाजनक कपडाको हेरचाह र सेनिटाइज गर्दछ ।

एयर ड्रेसरले कपडाको हेरचाहको एक नयाँ प्रविधि प्रस्तुत गर्छ, जसले दैनिक रूपमा कपडालाई रिफ्रेस, पुनरुत्थान, डिओडोराइजिङ गर्ने अधिक कुशल विधिका लागि उपभोक्ताको आवश्यकता सम्बोधन गर्छ । एयर ड्रेसरमा रहेको जेटस्टिमले कपडालाई स्यानिटाइज गर्नुका साथै इन्फ्लुएन्जा, एडेनोभाइरस र हर्पिज भाइरसलगायत ९९.९ प्रतिशत भाइरस र ब्याक्टेरिया निर्मूल पार्ने कम्पनीको दाबी छ ।

सामसुङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स बिजनेसका महाप्रबन्धक आलोककुमार गुप्ताले भन्नुभयो, ‘हामीलाई विश्वास छ कि एयर ड्रेसरले कपडा सेनिटाइजका साथै ९९.९ प्रतिशत भाइरस र ब्याक्टेरिया निर्मूल पार्छ । यो वासिङ मेसिन र ड्रायरजस्तै अत्यावश्यक घरेलु उपकरण बन्नेछ ।’ हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गतको सामसुङ स्मार्ट प्लाजा र इ-स्टोरमा एयर ड्रेसर दुई लाख ५० हजार मूल्यमा उपलब्ध हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?