गाजाको अस्पतालमा इजरायली आक्रमणः ४ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मध्य गाजापट्टीको अल-अक्सा अस्पतालमा आईतवार इजरायली बमबारीमा कम्तिमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएको प्यालेस्टिनी प्रत्यक्षदर्शी र स्रोतहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले ड्रोनले डेर अल-बालाह शहरको अल-अक्सा अस्पतालको आँगनमा रहेका व्यक्तिहरुमाथि मिसाइल प्रहार गरेको बताए ।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले आक्रमणमा चार जनाको ज्यान गएको र दुई पत्रकारसहित अन्य १७ जना घाइते भएको बताए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?