त्रियुगामा मेडपा कार्यक्रम अन्तर्गत ८५ उद्यमीलाई सामाग्री हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

असार । त्रियुगा नगरपालिकाले नगरका ८५ जना उद्यमशीलता तालिम लिएर आफ्ना पेशा व्यवसाय गर्नेलाई विभिन्न सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

नगरपालिकाको ८० प्रतिशत अनुदान र उद्यमीहरुको २० प्रतिशत लगानीमा ८५ उद्यमशीलता तालिम लिएकाहरुलाई गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न सामग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रम गर्दै त्रियुगा नगरप्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा नं ८ का वडा अध्यक्ष राज कुमार राउतले सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख बस्नेतले आफुले सिकेको सीप र तालिम अनुसार प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्नो आफ्नो पेशामा उद्यमशील हुने गरि लाग्न आग्रह गर्नुभयाे । 'हामीले तपाइँहरुकै रोजाईको पेशाका लागि तालिम र उपकरण उपलब्ध गराएका छौ' नगर प्रमुख बस्नेतले भन्नुभयाे, 'अब सीप र सामाग्रीको प्रयोग गर्दै आत्मनिर्भर र उद्यमशील बन्नुहोस नहुने केही छैन ।'

उद्यमीहरूलाई सामग्री हस्तान्तरण गर्दै उपप्रमुख राइले सम्पुर्ण उद्यमीहरुलाई सफलताको शुभकामना दिंदै पाएको सामग्रीको प्रयोग गर्दै उत्कृष्ट उद्यमी भएर देखाउन आग्रह गर्नुभयाे ।

तरकारी खेती गर्ने ५० जना कृषकलाई कृषि सम्बन्धि मल्चिङ रोल, टनेल, स्प्रे, हजारी, क्यारेट, पानी तान्ने मोटर बितरण र एक च्याउ खेती गर्ने कृषकलाई च्यापकटर मेसिन बितरण गरिएको छ । यस्तै मुढा उत्पादन गर्ने ६ जना उद्यमीलाई हम्बर, ह्याक्सोब्रेड र फ्रेम, कचक, छिनो, ग्यालेन्डर मेसिन र सिलढुङ्गा हस्तान्तरण गरिएको नगर उद्यम शाखाका उद्यम सहजकर्ता अन्नपूर्ण रसाइलीले जानकारी दिनुभयाे ।

यस्तै दालमोठ भुजिया बनाउने ७ जनालाई भुजिया मेसिन, झाँजर, आरी, भड्डुको कराई, झिर र नाङ्लो बितरण गरिएको नगर उद्यम शाखाका उद्यम सहजकर्ता शुभारण चौधरीले बताउनुभयाे । चौधरीका अनुसार मोबाइल र मोटरसाइकल मर्मत गर्ने ५ जनालाई टुल बक्स, चिम्टा, पिलास र सोल्डर आइरन र तेस्मा प्रयोग हुने पेस्टर थर्मल प्रदान गरिएको छ ।

यस्तै कुखुरा पालन गर्ने ५ उद्यमीलाई जाडो महिनामा प्रयोगहुने १४ वटा इलेक्ट्रिक बुलुन्डर, ७ जना बाख्रा पालन गर्नेलाई २७ बण्डल जस्ता, हाउस वाइरिङ गर्ने ५ जनालाई हिल्टी मेसिन र होटल व्यवसाय गर्नेलाई ६ वटा बेन्च र २ वटा टेवल हस्तान्तरण गरिएको उद्यम बिकास शाखा प्रमुख बिष्णु खत्रीले बताउनुभयाे ।

शाखाका प्रमुख खत्रीका अनुसार गरिबीको रेखा मुनी रहेका नगरबासीलाई व्यवसायिक तालिम प्रदान गरिसकेपछि व्यवसाय गर्न सहयोग होस भनेर करिब १० लाख बराबरको सामाग्री वितरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?