काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।
सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो।
उहाँले पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार,संसद,न्यायालय,राज्यका संवैधानिक निकायहरु समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको दाबी गर्नुभयो। उहाँले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताउनु भयो। नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताउनु भयो।
उहाँले भन्नुभयो,‘ नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली काँग्रेस भित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन । यसको निरन्तरता भए झन्डै २०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन । त्यसैले एक पटक नेपाली काँग्रेस तथा तमाम लोकतन्त्रवादीहरुले सिङगो देशलाई नेतृत्व प्रदान गर्दछ । देशलाई व्यवस्थापन दिनुछ । देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरुले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली काँग्रेस लगायत सबै पार्टी,सरकार,संसद तथा संवैधानिक निकायहरुमा समेत व्यक्तिगत स्वार्थ हावी भएको छ । यस्तो भएपछि कसरी संविधानको सहि कार्यान्वयन हुन्छ । सरकार तथा न्याय पालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्र्य मूल्य र मान्यता भन्दा पनि निजी स्वास्र्थ हावी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वास्र्थ हावी भएको कारण अनेकौं कमजोरी भएका छन् ।’
उहाँले नेपाली काँग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताउनु भयो। उहाँले एक पटक नेपाली काँग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच