एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंकाकाे जम्मा ५० रनको योगफल

pic-espn

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध जम्मा ५० रनको योगफल तयार पारेको छ । ५० रनमै समेटिएको श्रीलंकाका १५.२ ओभरम अल आउट भयो ।

एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम रनको लक्ष्य पाएको छ।

भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको हो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा भारतले श्रीलंकाविरुद्धको फाइनलमा १८१ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ थालेको श्रीलंका ४३ दशमलब २ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटिएपछि भारतले ६ विकेटको जित निकालेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?