रुपन्देही । रुपन्देहीमा स्थानीय तह निर्वाचनमा बेलुका ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार जिल्लाका २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि, बेलुका ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेकाहरूले मतदान गर्न पाउने भएकाले प्रतिशत केही बढ्न सक्नेछ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए। निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर शुक्रबारदेखि नै मतगणना थाल्ने तयारी गरेको छ ।
रुपन्देहीका १६ स्थानीय तहको मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच