काठमाडौं । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं प्याब्सनका अध्यक्ष डिके ढुंगानाले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक र प्याब्सनबीचको सहकार्यमा सञ्चालन हुने वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा राष्ट्र बैंकले सहयोग गर्ने बताउनुभयो । माछापुच्छ्रे बैंकका अध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारी समावेश गर्न सकेको खण्डमा अझ प्रभावकारी हुने बताउनुभयो ।
प्याब्सन अध्यक्ष ढुंगानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ शिक्षालगायतका विषय समावेश गरेको जानकारी गराउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीका रूपमा रहेको डिजिटल अपराध कम गर्न प्याब्सनसँग सहकार्य गरिएको बताउनुभयो । सम्झौताअनुसार प्याब्सनसँगको सहकार्यमा बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रम देशव्यापीरूपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आबद्ध शैक्षिक संस्थालाई समन्वय र सहजीकरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच