दुर्घटनाका घाइते कानूनमन्त्री सिंहसहित ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियो

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिहँको मृत्यु भएको छ ।

मन्त्री सिंहको अबस्था गम्बीर रहेको र केदारस्युँ गाउँपालिका १ देउरामा स्थित ऋृतु पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारको लागि मन्त्री सहित गाडी चालक धर्मराज जोशी, पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई थप उपचारका लागि एन ए ०६१ नम्बरको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भई सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?