मौलिक नाम खोज्दै मध्यपुर ठिमी

Read Time = 2 mins

भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाका रूपमा रहेको मौलिक नाम खोजेर प्रतिष्ठापन गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान-नाम संकलन तथा अभिलेखीकरण प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा उहाँले मन्दिर, मठ, चैत्य, पोखरीजस्तै अमूर्त सम्पदा पनि उत्तिकै महत्वपूर्ण रहेकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

स्थानीयस्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर अहिले कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगका विषयमा जानकारी गराउनुभयो । सो अवसरमा पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ, वडा नं. का ७ वडाध्यक्ष कृष्णकुमार प्रजापतीलगायतले नगरभित्र पुरानो नाम खोजेर प्रतिष्ठापन गर्नुपर्ने सुझाव दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?