जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहसहित तीन जनाको निधन

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङमा भएको जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको निधन भएको छ । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिनुभयो । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएका थियोे ।

सिंहसँगै नेपालगञ्ज लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ । मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंहको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको थियो । गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जिप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?