स्वास्थ्य प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुट्टा बिल भरपाई तयार गरी भुक्तानी लिन-दिने गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोर किपरसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

स्वास्थ्य प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिन–दिने गरेको अख्तियारको ठहर छ ।

यसैगरी, बाँकेको डुडुवा गाउँ कार्यपालिकाको कार्यालयमा सी.अ.हे.व. छैटौँ पदमा कार्यरत सीताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालनमा रहेको भनी अनधिकार तरिकाले अरू व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको आरोपमा प्रतिवादीहरू अंगदबहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?