जुम्लाको पातारासीमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-२ स्थित पेरेको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।

गत असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ५० वटा भेडाबाख्रा मरेका छन् भने ७० वटा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेको पातारासी गाउँपालिका भेट्नरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो ।

सो गाउँपालिकाका स्थानीयवासि कृष्ण ऐडि, र मिम बहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेपछि किसान चिन्तित बनेको भेट्नरी शाखाका प्रमुख गगन केसीको भनाइ छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढि भेडा पालन हुने ठाउँ पातारासी हो ।

पाटन र खर्कहरुमा व्यवस्थित भेडिगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्य हुने भएको छ । यहीँ पेशबाट आम्दानीको माध्यम बनेको थियो । घरखर्चदेखि बच्चाहरुको पढाइ खर्च सहज रुपले धानेको थियो ।

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान कृष्ण ऐडिले बताउनुभयो । चट्याङबाट भेडा मरेको जानकारीमा आएको छ ।

राहत र क्षतिपूर्तिका लागि सम्बन्धि निकायलाई सहयोगको अपिल समेत गरेका छौ। स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?