प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः०० बजे संघीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?