यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)को मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ३५, भारतीय गोलभेडा ठूलो ३५, टनेल गोलभेडा सानो ८, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,पालूगो साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो १२०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा। ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?