काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपालले बहराइनसँग लज्जास्पद हार ब्यहोरेको छ । गएराति बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पराजित भएको हो ।
नेपालले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल खाएको थियो । बलियो जोर्डन विरुद्ध नेपालले बलमा कब्जा जमाउन निकै संघर्ष गर्नुपरेको थियो । नेपाली कप्तान समेत रहेको गोलकिपर किरण चेम्जोङले केही शक्तिशाली प्रहारहरु बचाएका थिए ।
बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।
यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४– ० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २(० गोल अन्तरले हार बेहोरेको थियो।
अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच