होन्डुरसको महिला कारागारमा भएको दंगामा ४१ कैदीको मृत्यु

Read Time = 3 mins

तेगुसिगाल्पा । होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरूलाई गोली लागेको छ । मोराका अनुसार राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताले खोजी गर्दा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो । न्यू योर्क टाइम्सका अनुसार मंगलबारको घटनामा मृत्यु हुनेको संख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदांगो पारेको छ ।

महिला कारागारमा हालैका वर्षमा हत्या-हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक संगठनका महिला गिरोह सदस्यबीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना ‘स्तब्ध’ भएको र जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन ‘कडा कदम’ चाल्ने बताउनुभएको छ । एमएस-१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।

हृयुमन राइट्स वाचद्वारा सन् २०२१को होन्डुरसको प्रतिवेदन अनुसार कारागारमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा, र बन्दी हत्या चरम अवस्थामा छन् ।

न्यूयोर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीलाई राखिएको छ यो संख्या क्षमताभन्दा लगभग दोब्बर हो ।

मानव अधिकारसम्बन्धी अन्तर (अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा ‘थुप्रै हिंसात्मक घटनाहरू’ घटेको देखाएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?