अख्तियारद्वारा सर्वोच्च अदालतमा ६ जनाविरुद्ध मुद्दा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगबाट विशेष अदालतमा दायर भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको मुद्दामा पुनरावेदन गरिएको छ ।
शिवबहादुर गुरुङसहित गंगाबहादुर घले, सुजन अंगाई र अमरबहादुर गुरुङविरुद्ध झुठा विल भरपाई बनाई सरकारी रकम हिनामिना गरेको भ्रष्टाचार आरोप लागेको थियो । विशेष अदालतले एउटै टोलीले तयार पारेको मुचुल्का र प्रतिवेदनमा फरक-फरक ब्यहोरा उल्लेख भएको स्थलगत प्राविधिक प्रतिवेदनका कतिपय विषय विरोधाभासपूर्ण रहेको एवम् महालेखा परीक्षकबाट औँल्याएको ठेक्काको ५४ हजार ५२० रुपैयाँ प्रतिवादीले २०७८ असार २३ गते दाखिला गरेको भन्दै विशेष अदालत काठमाडौंले सफाइ दिएको थियो ।

यस्तै, चिरञ्जीवी थापासमेत दुई जनाविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार आरोप दायर भएको थियो । यस विषयमा विशेष अदालतले न्यायिक मान्यता र सिद्धान्त विपरीत भएको, प्रतिवादीले विभिन्न समयमा प्राप्त गरेको आयभन्दा कम आयोगले देखाएको एवम् प्रतिवादीले सम्पूर्ण शेयर बिक्रीबाट प्राप्त गरेको आयलाई सम्पत्ति आर्जनको रूपमा लिनुपर्ने भएकाले सफाइ दिइएको आयोगको विज्ञप्तिमा छ । तर, आयोगको कायम गरेको २८ लाख ५२ हजार ३५१ रुपियाँ त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन भएको आयोगले जनाएको छ ।

आयोग विशेष अदालत प्रति असन्तुष्ट देखिएको छ । विशेष अदालतले अख्तियारको विपक्षमा गरेको फैसलालाई अख्तियारले सर्वोच्च लिएर जाने गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३६ वटा मात्र नयाँ मुद्दा दर्ता भएका छन् । जेठ मसान्तसम्ममा विशेष अदालतले गरेको २३० वटा मुद्दाको फैसलामा चित्त नबुझाएर अख्तियारले सर्वोच्चमा मुद्दा दायर गरेको छ । अर्थात नयाँ मुद्दा दर्ता हुने भन्दा अख्तियारले चित नबुझाएको मुद्दाको संख्या बढी देखिएको छ । अख्तियारले २०८९ साउनदेखि विशेष अदालतले गरेको फैसला चित्त नबुझेर सर्वोच्च अदालत गएको भन्दै पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?