दिपेन्द्रसिंह ऐरीले लिए नेपालका लागि चौथो विकेट,वेस्ट इन्डिज उच्च स्कोर तर्फ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

यसैगरी करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिए । यस्तै सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेट लिए
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ४६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३१० रन जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?