अख्तियारद्वारा गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सराङकोट गा.वि.स.का अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ ।

कास्की जिल्ला तत्कालीन सराङकोट गाविसका तत्कालीन अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापा, वडा सदस्य एमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा, उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर गुरुङ समेत ६ जना उपर आज सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएका हो । उनीहरूविरुद्ध एक करोड ५० लाख रूपैयाँ बिगो दाबी गरिएको छ ।

उनीहरु उपर पोखरा महानगरपालिका वडा नं १८ सराङकोस्थित करिव ५–६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन ज्यारजाती गाविसका जनप्रतिनिधहरुको समेतले सरकारी जग्गा वडास्तरीय भेला गराई डेण्डर आव्हानको बोलकबोल गर्नेबाट नै प्रस्ताव गरिएको रकम लिएर अस्थाई बसोबासको प्रमाणपत्र दिई सरकारी जग्गा अनधिकृत तवरले विक्री वितरण गरेको पाइएको आयोगको ठहर छ ।

तत्कालीन ग्यारजाती गाविस कै परिवर्तित नाम सराङकोट गाविसका जिम्मेवार कर्मचारी र पदाधिकारीहरुले उक्त कार्यको समर्थनमा दिलबहादुर गुरुङलाई अस्थाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

उक्त सरकारी जग्गामा हाल निजी स्थायी संरचना समेत निर्माण भएका छन् । दिलबहादुर गुरुङले जानीबुझीकन सरकारी जग्गा व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले सिफारिस प्राप्त गरेको अख्तियारको ठहर छ ।

निजहरुलाई अख्तियार दुरुपयोग आयोगले नेपाल सरकार सार्वजनिक संस्थाको सम्पतिको हानीनोक्सानी दुरुपयोग बिगोबमोजिम जरिवाना तथा नोक्सानी दुरुपयोग गरकेो सम्पति असुल उपर हुन मागदाबी गरिएकाे प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

आयोगले उनीहरुविरुद्ध एक करोड ५० लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरकाे हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?