प्रवृत्ति र प्रविधि : दुवैका आधार संस्कृत शिक्षा र वैदिक संस्कृति !

Read Time = 20 mins

✍️ घनश्याम कोइराला

शब्दकोष अनुसार प्रवृत्ति भनेको ‘मानसिक तत्परता, आनीबानी, आचारविचार’ हो । प्रविधि भनेको ‘विधि वा प्रक्रिया, कौशल, सीप’ हो । प्रकृति भनेको ‘पृथ्वी हो, यहाँको जड र चेतन-अर्थात् हावा, पानी, माटो, ढुंगा, पशुप्राणी, मानव आदिको स्वनिर्मित आधार’ हो । संस्कृति भनेको ‘अनन्त पूर्वदेखि आचार विचार आदिमा विकसित हुँदै आएको....कला, साहित्य, दर्शन, भाषा, धर्म आदि मूल्य परम्परा’...हो । विकासले यी सबैलाई सन्तुलित गर्न सक्नुपर्दछ । नेपाली समाजमा ‘संस्कृत’ भाषा भन्नासाथ यसलाई ‘धर्मविद्या’ को रूपमा बुभ्mने प्रवृत्ति छ्याप्छ्याप्ती पाइन्छ । संस्कृत भाषा कुनैबेला सिंगो मानव जातिले बोल्ने भाषा थियो र यो भाषा नै हाल संसारमा प्रचलित अंग्रेजीलगायत अन्य अनेकौं भाषाहरूको माउ भाषा हो । यसै भाषामा संसारको प्राचीनतम ग्रन्थ वेद लेखिएको छ । वेद मानिसले प्रकृतिबाट शिक्षा लिँदै गरेर विकास गरिएको संस्कृतिको आधारग्रन्थ हो ।

हो, संस्कृतमा धार्मिक विषयको ज्ञान दिने धर्मशास्त्रहरू लेखिएका छन् । यस भाषामा सिंगो खगोलको अध्ययनको निष्कर्ष रहेको ज्योतिष लेखिएको छ । ज्योतिष त्यो विद्या हो-जसमा ग्रह-नक्षत्रहरूको बारेमा विस्तृत ज्ञान समाहित छ । यही ज्योतिष जसका आधारमा अहिले पनि ऋतु, महिना, पक्ष, साता, दिन, तिथिहरूको जानकारी पाइन्छ । यस भाषामा गृहादि निर्माणको वास्तुविज्ञान पनि रहेको छ । गर्भाधान संस्कारदेखि मृत्युपछिको अन्त्येष्टि संस्कारसम्मका षोडश (सोह«) संस्कार यसै भाषामा रहेको छ । संगीत, नाट्य आदि कलाका विषय यसै भाषामा छन् भने साहित्य सिर्जनाका सबै सिद्धान्तदेखि साहित्यका नौ भावरसहरू, कामशास्त्र, जगत् सृष्टिका आधारभूत ज्ञानको भण्डार संस्कृत भाषामा लेखिएका ग्रन्थमा समटिएको छ ।

अहिले विकासको गतिले मानवीय प्रवृत्तिलाई, प्रकृतिलाई र संस्कृतिलाई कमजोर बनाइरहेको देखिँदैछ । अशिक्षितहरूमा मात्र होइन, शिक्षित युवाहरूमा झनै बढी हतासा, निराशा र कुण्ठा बढिरहेको देखिँदैछ । अस्वाभाविक प्रतिस्पर्धाले अनुशासन कमजोर बनाइरहेको छ । असफलताले उनीहरूमा निराशा जन्माइरहेको छ ।

यसै संस्कृत भाषामा औषधिविज्ञानको पूर्वाधार आयुर्वेद लेखिएको छ । प्राकृतिक चिकित्सा विधि र आयुर्वेद आधुनिक चिकित्साशास्त्र तथा यसका प्रणालीहरूको आधारभूत र मुख्य विषय हो । शल्य आदि चिकित्साका वैज्ञानिक चिकित्साप्रणाली यसैबाट विकास गरिएको हो । जीवहरूको उत्पत्तिको जानकारीको स्रोत यसै भाषामा लेखिएका ग्रन्थ छन् । संस्कृत भाषा आजापूजाको भाषामात्र होइन, बिहान उठेदेखि रात्रि विश्रामसम्म सम्पादन गरिने सबै व्यावहारिक विषयको जानकारी यस भाषामा पाइन्छ । यो संस्कृत भाषा नै त्यस्तो भाषा हो, जो कुनै एउटा जाति, समुदाय, क्षेत्र या देशको दायरामा बाँधिएको छैन । यो संस्कृत भाषा विश्वभाषा हो । यो भाषा कुनै राष्ट्र, जात, समुदाय वा क्षेत्रको भाषाका रूपमा सीमित नहुनु नै संसारमा प्रचलित सबै भाषाहरूको माउ तथा अन्तर्राष्ट्रिय भाषा हुनुको प्रमाण हो ।

संसारमा नयाँ-नयाँ प्रविधिको विकास भएको छ । सूचना र यातायातको विकासका कारण संसार साँगुरो भएझैँ लाग्न थालेको छ । शिक्षा, विद्या र ज्ञानको क्षेत्र पराकिलो भएको छ । मानवसमाजको पौरखले प्राप्त भएका यी विकासहरू मानवसमाजको समग्र हितमा उपयोग हुनुपर्दछ । हुन त विकासका धेरैथरी परिभाषा छन् । तर मलाई के लाग्दछ भने विकासका मूल क्षेत्र प्रविधि, प्रवृत्ति र प्रकृति हो । विकासका नाममा प्रविधिले प्रवृत्ति, प्रवृत्तिले प्रकृति र संस्कृतिलाई कमजोर पार्न हुँदैन । मानिसहरूमा पढ्ने पढाउने होड चलिरहेको छ । यस्तो हुनु सकारात्मक हो । मुख्य कुरो चाँहीं विद्याले शिक्षा, शिक्षाले ज्ञान र ज्ञानले संस्कृतिको विकासमा योगदान गर्न सक्नुपर्दछ । तर अहिले यस्तो भइरहेको देखिँदैन । यस क्षेत्रमा थप केही गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सबै राम्रै राम्रो र नराम्रै नराम्रो त केही हुँदैन, तर अहिले विकासको गतिले मानवीय प्रवृत्तिलाई, प्रकृतिलाई र संस्कृतिलाई कमजोर बनाइरहेको देखिँदैछ । अशिक्षितहरूमा मात्र होइन, शिक्षित युवाहरूमा झनै बढी हतासा, निराशा र कुण्ठा बढिरहेको देखिँदैछ । अस्वाभाविक प्रतिस्पर्धाले अनुशासन कमजोर बनाइरहेको छ । असफलताले उनीहरूमा निराशा जन्माइरहेको छ । यसबाट उब्जेको कुण्ठाले कुलत र विभिन्न प्रकारका हिंसातिर तानिरहेको छ । हामीले शिक्षासँगै संस्कृतिका आधारहरू जोड्न सक्यौं भने विकासलाई सन्तुलित पार्न सकिन्छ । हाम्रा संस्कृतिका आधार वेद हुन् । हाम्रा पुर्खाका जीवन वेदनिर्देशित थिए तर अहिले त वेद भन्नासाथ कुनै खास धर्मविशेषसँग जोडेर बुझ्ने र निरपेक्ष बन्ने बनाउने चल्ती देखिन्छ । वास्तवमा वेद मानवसभ्यता विकासका क्रममा विकसित संस्कृति निर्माणको मार्गदर्शक सिद्धान्त हो ।

अथर्ववेदमा भनिएको छ-
भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे ।
ततो राष्ट्रं बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु
अर्थात्- सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामथ्र्यको उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् । (१९/१४/१) यस्तो उद्गार कुनै धर्मविशेषका लागि मात्र हुन्छ र ?

अहिले सबैतिर तानातानी छ, उछिनापाछिना बढिरहेको छ । अस्वाभाविक प्रतिस्पर्धाले मानिसहरूका बीच रहनुपर्ने स्वाभाविक मेलमिलापलाई पनि कमजोर पारिरहेको छ । वेदको यो शिक्षा हाम्रा आजका युवाले पाउन सके-
सङ्गच्छध्वं सं वदध्वं सं नो मनांसि जानताम् ।
देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ।।
अर्थात्- आपसमा मिलेर हिँड, आपसमा मिलेरै बोलचाल गर । मनको कुरो आपसमा मिलेर आदानप्रदान गर र नयाँ कुरो सिक । उहिलेका सज्जन मानिसहरूले आपसमा मिलेर यज्ञ उपासना आदिका काम गरेझैँ तिमीहरू पनि एकमत होओ । (ऋग्वेद, दसौं मण्डलको सूक्त–१९१ को दोस्रो मन्त्र)

यसै गरी ऋग्वेदको दसौं मण्डलको सूक्त-१९१ को चौथो मन्त्र भन्दछ- समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति अर्थात्- तिमीहरूको हृदय एकै होस्, तिमीहरूको मन एकै होस्, संकल्प एकै होस् । त्यसैबाट एकापसमा मिलेर आआफ्ना सबै काम पूरा गर्न सक । वेदले मानिसलाई मात्र होइन, देवता मानिएका रूद्रलाई भनिएको यो कुरा आजका युवापंक्तिले थाहा पाएका होलान् त-मा नो महान्तमुत मा नो अर्भकं मा न अक्ष्यन्तमुत मा नद्रउक्षितम् ।
मा नो वधीः पितरं मोत मातरं मा नः प्रियास्तन्वो रूद्र रीरिषः ।
अर्थात् हे रूद्र ! हाम्रा ज्ञानी र बलिया वृद्धलाई नसताऊ । हाम्रा साना बालकलाई हिंसा नगर । हाम्रा बलिया युवाहरूलाई घात नगर । हाम्रा गर्भस्थ शिशुहरूलाई हिंसित नगराऊ र हाम्रा आमा-बालाई नाश नगरिदेऊ । हाम्रा आफन्तको शरीर कष्टमा नपार । (यजुर्वेद, सोह्रौं अध्यायको १५ मन्त्र)
ज्यायस्वन्तश्चित्तिनो मा वि यौष्ट संराधयन्तः सधुराश्चरन्तः ।
अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान् वः सम्मनसस्कृणोमि
अर्थात् हे मानिसहरू ! कोही नछुटिकन सानाठूला सबैलाई ख्याल राख्दै, समान व्यवहार गर्दै, विचार मिलाउँदै, मिलेर काम गर । एकापसमा प्रेमपूर्ण कुरा गर्दै हिँड । हामी पनि तिमीहरूको जस्तै काममा लाग्नेछौँ । (अथर्ववेद ३.३०.५)

भ्रष्टाचारका विषयमा वेद भन्दछ ः प्र पतेतः पापि लक्ष्मि नश्येतः प्रामुतः पत । अयस्मयेनाङ्केन द्विषते त्वा सजामसि अर्थात् हे अन्यायका धन ! तँ यहाँबाट टाढा जा । यहाँबाट भागेर हाम्रा शत्रुका नजिक गएर बस् । हामी फलामे लठ्ठीले तँलाई हाम्रा शत्रुतिर लखेट्छौं । (अथर्ववेद ७.१२०.१) मातृभूमि प्रतिको निष्ठा वेदमा उत्तिकै प्रबल रहेको छ । आजका युवाले वेदमा भएका यी कुरा बुझ्ने माध्यम केही छ ? सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रहृम यज्ञः पृथिवीं धारयन्ति । सा नो भूतस्य भव्यस्य पत्न्युरूं लोकं पृथिवी नः कृणोतु अर्थात् सत्यनिष्ठा, यथार्थको व्यापक जानकारी, दक्षता, पराक्रम, तपश्चर्या, ब्रहृमज्ञान र त्याग बलिदान यिनै भावनाले नै भूमि वा मातृभूमिलाई पालनपोषण र संरक्षण गर्दछन् ।

विगतका र आउँदो समयका सबै प्राणीलाई पालन गर्ने मातृभूमिले हामीलाई विस्तृत स्थान देओस् । (अथर्ववेद १२.१.१) वेद हाम्रो संस्कृतिको आधार हो । वेद विज्ञानको पनि आधार हो । धर्म मानिसका आआफ्ना आस्था र विश्वासको विषय हो । त्यसैले वेदलाई खास किसिमका आस्था र विश्वासको मात्र पेवा ठान्नु उचित होइन । वेदका अनेकौँ विज्ञानसम्मत विषय आज राष्ट्रका लागि, समाजका लागि र व्यक्ति स्वयंका लागि पनि महत्वपूर्ण छ ।
राष्ट्रभक्तिको भाव जगाउन वेद यसो भन्दछ :
सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञः पृथिवीं धारयन्ति ।
सा नो भूतस्य भव्यस्य पत्न्युरूं लोकं पृथिवी नः कृणोतु ।।
अर्थात् सत्यनिष्ठा, यथार्थको व्यापक जानकारी, दक्षता, पराक्रम, तपश्चर्या, ब्रहृमज्ञान र त्याग बलिदान यिनै भावनाले नै भूमि वा मातृभूमिलाई पालनपोषण र संरक्षण गर्दछन् । विगतका र आउँदो समयका सबै प्राणीलाई पालन गर्ने मातृभूमिले हामीलाई विस्तृत स्थान देओस् । (अथर्ववेद १२.१.१) मातृभूमिको महत्वका बारेमा यति गहकिलो पाठ आज कुन विद्यालयमा, कुन विषयमा पठाइएको छ त ? वेदबाहेक अन्यत्र यस्तो देखिँदैन । यसैको अभावमा राष्ट्रभक्ति कमजोर बनिरहेको छ ।

हामी हाम्रा सन्तानहरू असल बनून्, समाजका युवाहरू संयमित बनून् भन्ने कामना र चाहना त राख्दछौं तर यसको स्रोत के हो र कहाँ छ भन्ने जानकारी राख्दैनौं । हामी हाम्रा सन्तान आज्ञाकारी होऊन् भन्ने चाहना राख्दछौं तर त्यस अनुसारको शिक्षा दिन खोज्दैनौं ।

हामी हाम्रा सन्तानहरू असल बनून्, समाजका युवाहरू संयमित बनून् भन्ने कामना र चाहना त राख्दछौं, तर यसको स्रोत के हो र कहाँ छ भन्ने जानकारी राख्दैनौं । हामी हाम्रा सन्तान आज्ञाकारी होऊन् भन्ने चाहना राख्दछौं, तर त्यस अनुसारको शिक्षा दिन खोज्दैनौँ । अथर्ववेद (१९/१४/१)मा भनिएको छ :
भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे ।
ततो राष्ट्रं बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु ।।
अर्थात्–सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामथ्र्यको उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् ।
समाज हरेक हिसाबले दुई भागमा बाँडिएको छ । जस्तैः शिक्षक र विद्यार्थी, धनी र गरिब, महिला र पुरुष, बलशाली र कमजोर आदि । हरेकका बीचमा वैरभाव, संघर्ष छ । वेद भन्दछ : सह नाववतु । सह नौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु । मा विद्विषावहै अर्थात्- हामी दुई सँगै संरक्षित होऔँ । सँगै खाऔँ-भोग गरौँ । सँगै पराक्रम गरौँ । तेजिला ज्ञानी र अध्ययनशील बनौँ । कहिल्यै झगडा नगरौँ । (कृष्ण यजुर्वेद) मानिस कति जिम्मेबार हुनुपर्छ भन्ने कुरालाई वेदले यसरी व्यक्त गरेको छ : शिरो मे श्रीर्यशो मुखं त्विषिः केशाश्च श्मश्रूणि । राजा मे प्राणो अमृतठ्र्ठँ् सम्राट् चक्षुर्विराट् श्रोत्रम् अर्थात् हाम्रो शिर ऐश्वर्यले सम्पन्न होस् ।

हाम्रो मुख यशस्वी होस् । हाम्रा कपाल र जुँगा कान्तियुक्त होऊन् । हाम्रो श्रेष्ठ प्राण अमृतसमान होस् । हाम्रा आँखा मानिसलाई चिन्न सक्ने होउन् । हाम्रा कान मानिसहरूका सबै खालका कुरा सुन्न सक्ने होऊन् । (यजुर्वेद, २०/५) त्यस्तै जिहृवा मे भद्रं वाङ्महो मनो मन्युः ...अर्थात् हाम्रो जिब्रो कल्याणकारी वचन बोल्ने होस् । हाम्रो वाणी महिमायुक्त होस् । (यजुर्वेद, २०/६) यस्ता अनेकौं प्रसङ्ग वेदमा रहेका छन् । शरीरका प्रत्येक अंग प्रत्यंगलाई सत्कार्यमा प्रेरित गर्ने खालका छन् ।

वेद मानिसको हितका लागि संकलित व्यवहारविज्ञान हो । यसलाई नपढीकन यसमा के छ भनेर बुझ्न सकिँदैन । बुझ्दै नबुझी यसलाई कसरी अपनाउन सकिन्छ र ? वेदलाई एउटा धर्म, जाति, लिंगविशेषको मात्र ठान्ने प्रचलनले पनि हाम्रो समाजलाई वेदविज्ञानबाट विमुख बनाएको देखिन्छ । वेदको मार्गदर्शनलाई अपनाउन सक्ने हो भने समाजमा अप्राकृतिक रूपमा छिरोलिएको अन्तर्विरोध व्यवस्थापन गर्न सजिलो पर्ने थियो । वेद सबैका लागि साझा ज्ञानको स्रोत हो । यसबाट सबै लाभान्वित होऔँ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद कोइराला
कुलप्रसाद कोइराला
2023-06-24 6:40 am

लेखक वेदविद जस्तो देखिन्छन् ।संस्कृत शिक्षा यस दिशातिर अभिमुख गराउनुपरो ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?