फेललाई पास गराउने यातायात कार्यालय धनगढीका प्रमुखसहित तीन जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सवारी लाइसेन्स परीक्षामा फेल भएकालाई पनि पास बनाइदिने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही र सहायक कम्युटर अपरेटरद्वय पवन रावल र नरेन्द्र कठरियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गर्दै उनीहरूमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

कार्यालय प्रमुख शाहीले लाइसेन्सको प्रयोगात्मक परीक्षामा फेल भएकालाई पास गराएको, परीक्षामा अनुपस्थितलाई नै पास गराइदिएको र केहीको उत्तर पुस्तिकामा उत्तर नै सच्याइदिएको अख्तियारको अनुसन्धानले देखाएको छ । शाहीको यो कार्यमा कम्प्युटर अपरेटर रावल र कठरियाले समेत सहयोग गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?