यस्तो छ तपाईंको असार ९ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार ९ गते शनिबार, ई.सं. २४ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष षष्ठी, नक्षत्र- मघा, ५ः२२ बजेपछि पूर्वफाल्गुनी, योग- सिद्ध्रि, करण- कौलव, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः११, सूर्यास्तः १९ः०१ ।

मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद् समाचारले उत्साह जगाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?