झापा । झापाको मेचीनगर क्षेत्रमा विद्युत आपूर्ति अबरुद्ध भएको छ । गएमध्यराति पानी र चट्याङसँगै आएको हावाहुरीका कारण विद्युत अबरुद्ध भएको हो ।
मेचीनगर क्षेत्रका ४० वटा बढी पोल भाँचिएका छन् । ५० बढी पोल लडेका छन् । सयौँ पोल बाङ्गिएका र तार लत्रिएको विद्युत प्राधिकरण शाखा कार्यालय धुलाबारीले जनाएको छ ।
प्रारम्भीक तथ्यांक अनुसार ४० लाख बढीको क्षति भएको विद्युत प्राधिकरण शाखा कार्यालय धुलाबारीका प्रमुख माधवप्रसाद यादवले बताउनुभयो। अहिले तथ्यांक संकलन र मर्मतको काम एकसाथ भइरहेको उहाँले जानकारी दिनुभयो ।
धुलाबारी क्षेत्रमा रातिसम्ममा विद्युत आपूर्ति हुनसक्ने तर काँकडभिट्टा क्षेत्रमा आज विद्युत सेवा सुचारु हुन नसक्ने प्रमुख यादवको भनाइ छ ।
'विद्युतमा धेरै क्षति भएको छ, एकै ठाउँमा ४ र ५ वटासम्म पोल भाँचिएका र लडेका छन्,' उहाँले भन्नुभयो, 'प्राविधिक सहितको जनशक्ति काममा खटेको छ तर काँकडभिट्टा क्षेत्रमा विद्युत सुचारु गर्न आज सम्भव छैन ।' धुलाबारी क्षेत्रमा साँझसम्ममा विद्युत आपूर्ति गर्न सकिन्छ कि भन्ने आस रहेको उहाँले बताउनुभयो ।
बैकल्पिक उपायमार्फत भद्रपुर वितरण केन्द्रबाट काँकडभिट्टा क्षेत्रमा विद्युत उपलब्ध गराउन प्राविधिक टोलीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो । गर्मीको समय भएकोले लोड थाम्ने नथाम्ने यकिन नगरी काँकडभिट्टा एरियामा विद्युत आपूर्ति हुन्छ हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रमुख यादवको भनाइ छ ।
मेचीनगरको जोरसिमलमा एकैठाउँ तीनवटा पोल लडेको देखिन्छ । धुलाबारीको निन्दाटोलमा पोल भाँचिएको छ । ठाउँठाउँमा जस्तापाता विजुलीको पोलमा अल्झिएको देखिन्छ।
हावाहुरीले धुलाबारी माविको उत्तरपट्टीको पर्खालमा भत्किएको छ । २५ मिटरजति पर्खाल लडेको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले बताउनुभयो । दनुवारबस्तीका छ र सात घरको छानो उडाएको मेचीनगर १० का वडासदस्य सोम ओझाले जानकारी दिनुभयो ।
निन्दाटोलमा मात्रै ५० औँ घरको टिनको छोनो उडाएको पूर्वजनप्रतिनिधी धिरावती लिम्बुले जानकारी दिनुभयो । कृष्णबहादुर कार्कीको ग्वाली बकाइनोको रुख ढलेर किचेको छ । फाक्ताङ्लुङ होटलको छानो उडाएको छ । निन्दाटोलमा ठूलो क्षति भएको बताउनु भएको उहाँले तत्काल राहत र सहयोगको माग गर्नुभयो ।
अहिलेसम्म क्षतिको विवरण आएको छैन । आफ्नो वडामा मात्रै करोडौँको क्षति भएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालको भनाइ छ । कार्यबाहक वडाध्यक्ष ओझाको नेतृत्वमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली क्षतिको विवरण संकलनमा खटेको वडाध्यक्ष खनाल जानकारी दिनुभयो । आज अबेरसम्ममा प्रारम्भीक तर धेरै विवरण आउने उहाँले बताउनुभयो ।
स्थानीय सरकारसँग समन्वय गरेर हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी मीमबहादुर लामाले बताउनुभयो । भौतिक संरचनामा धेरै क्षति पुगेपनि कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो ।
तीव्रवेग र घुमेर आएको हावाले हाम्रो नेपाल साकोसको धुलाबारी सेवाकेन्द्रको सिसा फुटाएको छ । सेवाकेन्द्र प्रमुख लक्ष्मीप्रसाद राउतले आश्चर्य व्यक्त गर्दै भन्नुभयो, 'हावाले सिसा कसरी फुट्यो १ यस्तो मैले कहिल्यै देखेको थिइनँ ।' हावाले सिसा फुटाएपछि अफिस भित्र पानी पसेर महत्वपूर्ण कागजपत्र र विद्युतीय उपकरणमा क्षति पुगेको प्रमुख राउतले बताउनुभयो ।
सो सहकारीको कार्यालय रहेको भवनको राजमार्ग तर्फ खुल्ला ठाउँको सिसा फुटेको छ। भवनको माथिल्लो तलामा रहेको अफिसको सिसामा गह्रौँ बस्तुले लाग्ने सम्भावना अतिन्यून छ । सिसा आश्चर्यजनक रूपमा फुटेकोले हावा वेगले चलेको अनुमान गर्न सकिने शाखा प्रमुख राउत बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच