चट्याङ लागेर बाजुरामा चार भैंसी र एक गाई मरे

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-७ मा शुक्रबार राति चट्याङ लागेर ४ भैसीसहित १ गाई मरेका छन् ।

शुक्रबार रातिको हावाहुरी वर्षासँगैको चट्याङले स्थानीय प्रिम खत्रीको १ भैँसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैँसी, गोरे पाध्यायका १ भैँसी र पृर्थु गरुङ्गका १ भैँसी मरेका बडिमालिका नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार टोली घटना स्थलततिर गएको भएपनि चट्याङ लागेको ठाउँ सदरमुकाम भन्दा टाढा भएकाले पुग्न केहीँ समय लाग्ने बताइएको छ ।

सदरमुकाम मार्तडीबाट उक्त ठाउँमा पुग्नको लागी ४ देखि ५ घण्टा लाग्ने भएकाले त्यहाँको थप बिवरण पछि आउने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?