भारतमा ५ जनाको वीभत्स हत्या गरेपछि एक युवाले आफैँलाई गोली हानी मारे

हिमालय टाइम्स
Read Time = 3 mins

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ ।

आफनो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेर मारेका थिए ।

भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।

त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो । त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ। जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो ।

समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे । घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए ।

हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ । घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन्।

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जना ९दुई दाजु र भाइकी श्रीमती, साथी र जेठाजु० को हत्या गरेका हुन । उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए ।

सूचना प्राप्त हुनासाथ स्टेशन इन्चार्ज किश्नी मे फोर्स पुगेका छन् । सबै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ ।

हाल यस विषयमा थप कारबाही भइरहेको छ । प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ । आखिर किन युवकले यस्तो कदम चाल्यो ? अनुसन्धान जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?