नेपाल-नेदरल्याण्ड क्रिकेटः नेपालको सातौँ विकेट गुम्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ ।

नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत मिलेको हो ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा  गरेको ब्याटिङ खराब हुदाँ सातौँ बिकेट गुमाउनु परेको छ । १०० रन नजोडदै पाँच विकेट गुमाएको नेपालले यस खेलमा पराजय भएमा समुह चरणवाट नै बाहिरिने छ ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले हालसम्म सातौँ विकेट गुमाइसकेको छ। कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भए ।

अपरान्ह देखी सुरु भएको खेलमा ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए ।

आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

रिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए ।

भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।

यो सँगै नेपालले सातौँ विकेट गुमाएको हो,  विकेट गुमाउँदा नेपाल ३५.४ ओभरमा १३१ रन मात्रै बनाउन सकेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?