तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषिमा लगानी आकर्षित गर्ने देखि घुम्न जाँउ तिलोत्तमा शहर’ सम्म

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । समृद्ध नगर खुसी नगरवासी लक्षसहित तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभा तथा तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँडले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

१५५ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिमा लगानी आकर्षित गर्ने किसीमका कार्यक्रमहरु संचालन गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्दै तिलोत्तमालाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने,सामुदायिक तथा संस्थागत विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्न,सवल शिक्षा प्रणली स्थापित गर्न कक्षा ५ को वार्षिक परीक्षालाई नगरस्तरीय परीक्षाको रुपमा संचालन गर्ने, युवामैत्री स्थानीय शासन कार्यक्रमलाई निरन्तरता दिने, समानता, स्वाभिमान र अवसर–योग्य तिलोत्तमा किशोरी आत्मरक्षा कार्यक्रम संचालन गर्ने, नगरलाई खेलकुद हवको रुपमा तिलोत्तमा कप आयोजन गर्ने उल्लेख गरिएको छ ।
घुम्न जांउ तिलोत्तमा शहर’ भन्ने दीर्घकालीन सोचलाई अगाडि सारेको तिलोत्तमाले मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्ने, उज्यालो तिलोत्तमा, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अवलम्बन गरिनेछ प्रमुख खाँडले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कोभिडका समयमा वनाईएका संरचनालाई नगर अस्पतालका रुपमा स्तरउन्नती गर्ने नीति तिलोत्तमाले ल्याएको छ । यस्तै, छाडा पशु चौपायाहरुको दिर्घकालिन व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरणलाई निरन्तरता दिने पशु सुरक्षा कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?