पालन गर्नु नपर्ने सिद्धान्तहरूको औचित्य हुँदैन

Read Time = 14 mins

जनताको हितको निमित्त, जनकल्याण गर्न निमित्त भनेर संसारमा अनेकौं वादहरू प्रचलनमा छन् । ती सबै वादका आधारको कसीमा वर्गीकरण गर्ने हो भने मोटामोटी तीन वर्ग पाइन्छन् । पुँजीवादी, साम्यवादी र समाजवादी । पुँजीवादमा आर्थिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता आधारभूत तत्व हुन् । साम्यवादीमा सबैको आधारभूत भौतिक आवश्यकताको परिपूर्तिको जिम्मा लिने राज्यप्रणालीको अवधारणा हुन्छ । योे आफ्ना तथा आफ्ना आश्रितहरूको वर्तमान र भविष्यको चिन्ता गर्नु नपर्ने अवस्था हो । अर्थात व्यक्तिगत सम्पत्तिको महत्व नहुने अवस्था, अर्थात् व्यक्तिगत सम्पत्ति उन्मूलनको अवस्था ।

समाजवादको त सबैभन्दा आनन्ददायक अवस्था देखा पर्दछ । निर्बलहरूको संरक्षण गर्ने र सबललाई निर्वलहरूमाथि अन्याय र अत्याचार गर्न रोकेर समतामूलक समाजको स्थापना गर्ने अनि सामाजिक न्याय स्थापना गर्ने सोच । धेरै भएकाबाट लिएर नहुनेलाई भरणपोषण गर्ने । यस्तै मनै लोभ्याउने सैद्धान्तिक कुराहरूको सम्मोहनमा परेर जब कोही कुनै सिद्धान्तमा आफूलाई समर्पित गर्छ त्यसबेला उसले थाहा पाउँछ कि यो सिद्धान्त त व्यावहारिक रूपमा लागू गर्न सम्भव नै छैन । यो कुरा लागू गर्न विशिष्ट परिस्थिति चाहिन्छ ।

सिद्धान्तको सम्मोहनले बशीभूत भएका र दलका नेतृत्व वर्गको बशीकरणले व्याप्त भएका व्यक्तिहरू आफूले मानेको सिद्धान्त सम्पूर्णरूपमा कार्यान्वनयन गर्न पाएमा पैदा हुने भनेर देखेको राम्रो परिकल्पनाको परिपूर्तिको निमित्त सबै किसिमका प्रयत्न गर्न थाल्दछन् । उनीहरूको यो प्रयत्न अन्य सर्वसाधारणलाई पीडादायक पनि हुन सक्छ । केही कुरा पाउन केही कुरा गुमाउन पर्दछ भन्ने भनाइ अगाडि सार्दै सर्वसाधारणलाई आफूले पुर्‍याएको अन्यायको वैधता सावित गर्न उसको अन्तरआत्माले सही देख्दछ । राम्रो लक्ष प्राप्तिको निमित्त आपराधिक काम पनि उचित छ भन्ने तर्क उसका निमित्त ठीक भए पनि यथार्थमा त्यो सही हुनै सक्दैन ।

प्रजातान्त्रिक पद्धतिको कुरा गर्दा व्यक्तिको सर्वोच्चतालाई प्रथम तत्व मानिन्छ । ‘जनताले जनताको निमित्त जनताको शासन व्यवस्था’ यस पद्धतिको आधार हो । सबैको वैचारिक स्वतन्त्रता र सम्मान गर्ने भनेको सिद्धान्तको अनुयायी दलको व्यवहार त्यस्तो देखिँदैन । आपैंmलाई लोकतन्त्रको पर्याय घोषण गरेकालगायत प्रजातान्त्रिक हौं भन्ने दाबी गर्ने दलहरूले व्यवहारतः तानाशाही कार्यप्रणाली अपनाएका छन् । अपवादमा पनि प्रजातान्त्रिक चरित्र भेटिँदैन । जनसाधारणको विचारको सम्मानको कुरा त परै जाओस् आफ्नै दलका साधारण सदस्यहरूको कुराको पहुँच पनि नेतृत्व वर्गसम्म छैन । जब विचार राख्ने पनि अवसर छैन भने त्यसको सम्मानको त कल्पनासम्म हुन सम्भव छैन ।

प्रजातान्त्रिक पद्धतिको कुरा गर्दा व्यक्तिको सर्वोच्चतालाई प्रथम तत्व मानिन्छ । ‘जनताले जनताको निमित्त जनताको शासन व्यवस्था’ यस पद्धतिको आधार हो । सबैको वैचारिक स्वतन्त्रता र सम्मान गर्ने भनेको सिद्धान्तको अनुयायी दलको व्यवहार त्यस्तो देखिँदैन ।

नेपालीमा उखान छ ‘धन देख्दा महादेवका तीन नेत्र’, यससँग मिल्ने वाक्यांश अन्य भाषमा पनि पक्कै होलान् । सनातनमा सबैभन्दा फक्कड र दिनमा लोभ फिटिक्कै नगर्ने देवमा महादेव आउँछन् । त्यस्ता देवमा पनि धनले लोभ पैदा गर्न सक्छ भन्ने आशयको यो उखान अनुसारको प्रवृति संसारभर नै छ । अझ कुनै धन मिहिनेत नगरी प्राप्त हुने भयो भने त धेरै मान्छे जे पनि गर्न तयार हुन्छन । मान्छेको यो स्वभावजन्य कमजोरीको फाइदा समाजवादले उठाएको छ ।

साम्यवादको संगठन निर्माणको त प्रमुख हतियार नै यही हो कि भएकाहरूबाट खोसेर बाँड्ने कुरा । यसरी साम्यवादी सिद्धान्तको आधारभूमि आर्थिक समानता हो । त्यसका निमित्त सम्पत्तिको निजी स्वमित्वको अन्त्य आवश्यक काम हो, कामदारहरूको कामको सुनिश्चितता । तर, त्यस श्रमको अवसरले आधारभूत भौतिक आवश्यकताको समान परिपूर्तिको नारा उराल्ने साम्यवादी नेताहरूको जीवनशैली उनीहरूले शोषक तथा सामन्ती भनेर वर्ग शत्रु तोकिएका मध्येका कतिपयले लोभले घुटुक्क थुक निल्नुपर्ने किसिमका हुने गर्दछन् ।

अर्काले संकलन गरेको पुँजी शोषण हो भन्ने सावित गर्न साम्यवादका सबै साहित्य समर्पित भएका छन् । यस्ता सम्पत्ति खोसेर समान बितरण गर्ने कुरामा जसको सम्पत्ति खोसिनेमा पर्दछ त्यसबाहेक अन्य सबैले समर्थन नै नगरे पनि विरोध करिब शून्य हुन्छ । अपवाद छोड्ने हो भने यस्ता साम्यवादी अनि समाजवादी नेताहरू प्रायःजसो सम्पत्तिवान नै हुने गर्दछन । अझ कतै कतै त नेता भएपछि सम्पत्ति जोडेको उदाहरण भेटिन्छ । कसैको विरोधमा जनसाधारण उतार्न परेमा अरू कुराभन्दा आर्थिक कुरा धेरै प्रभावकारी हुन्छ । शायद यही प्रचारको कारणले होला सबैजसो आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा साम्यवादतर्फ आकर्षित हुन्छन् भन्ने कुरा विभिन्न व्यक्तित्वहका जीवनीको अध्ययनले देखाउँछ । सुन्दामा आकर्षक लाग्ने यस्तो नारा साम्यवादी नेताहरूले आफैँ व्यवहारमा ल्याएको भने पाइँदैन ।

यस्तो अरूलाई मात्र अर्ति दिने आफूले भने मान्न नपर्ने सिद्धान्त आर्थिक कुरामा मात्र सीमित छैन । नेपालका प्रमुखको पद थामेका व्यक्तिले पनि आफूले काम गर्दा गरेका मोलाहिजालाई अहिले अरूले त्यस्तो नगर्नू भनेर लगातार उपदेश दिइरहेका छन् । आफू कार्यक्षेत्रमा हुँदा गरेको काम अहिले आफू कार्यक्षेत्रमा नहुँदा र अर्काले गर्दा गलत भयो भनेर भनेको कुरालाई सर्बसाधारणले कुन रूपमा लिने हुन् भन्ने धक पनि नमानीभन्दा अर्ति सजिलो तर पालन शून्य भएको प्रष्ट देखिन्छ ।

आपूmले मिसन पत्रकारिता गरेर वरिष्ठ भएकाहरू अहिले नवोदित पत्रकारलाई मिसन पत्रकारिता पीतपत्रकारिता हो भन्ने उपदेश दिन्छन् । विद्यार्थीहरूलाई भविष्यको संवाहक भनेर राजनीतिमा होमेर तिनैको बलमा शक्ति हासिल गरेकाहरू अहिले विद्यार्थी राजनीतिलाई आफ्नो काल देख्दैछन् र नयाँ सिद्धान्त दिँदैछन् विद्यार्थीले राजनीति गर्नु हुँदैन । यो कुरा शिक्षक र कर्मचारीमा पनि लागू भएको छ । यो आफूले चढेको भर्‍याङ अरूले चढ्न नपाऊन् भन्ने सोच हो ।

साम्यवादी नेताहरूलाई आफ्नो सम्पत्तिबाटै साम्यवादको कार्यान्वयन गरौँ न भनेर कसैले भन्यो भने उनीहरूको जवाफ हुन्छ पहिले विभिन्न चरणको क्रान्ति हुन्छ, त्यसले पुँजीवादी समाजवाद स्थापना गर्दछ, त्यसपछिको चरणमात्र साम्यवाद हो । त्यो चरण आइपुग्न अझै कुस्त समय बाँकी छ ।

पेशागत संगठन भनेर विभिन्न पेशा वा समूहको हितका निमित्त आएका संगठनका रूप हेर्दा त अझै कहाली लाग्दछ । विद्यार्थी संगठनहरूमा क्रियाशील व्यक्तिहरू हेर्ने हो भने उनीहरू कुन स्कुल वा कलेजका विद्यार्थी हुन् त्यो पत्ता लगाउन विशेष शोधपत्र नै तयार गर्नुपर्ने हुन्छ । मजदुर संगठनको नेतृत्वमा रहेकाहरूले काम गर्ने कारखाना कुन हो सो कुरा सामान्य व्यक्तिहरूको नजरले त थाहा पाउन सक्दैन । किसानका नेताहरूले त खेतको धुलो वा हिलो देखेको कुरामै शंका व्यक्त गर्न सकिन्छ, धुलो हिलो टेक्ने त निकै परको कुरा हो । यसरी हरेक क्षेत्रका पेशागत वा वर्गीय संगठनहरूको बनौट र स्वभाव हेर्दा जुन पेशा वा वर्गको हितको बहानामा गठन भएको छ उसैको पहुँच नभएको स्पष्ट देखिन्छ ।

साम्यवादी नेताहरूलाई आफ्नो सम्पत्तिबाटै साम्यवादको कार्यान्वयन गरौँ न भनेर कसैले भन्यो भने उनीहरूको जवाफ हुन्छ पहिले विभिन्न चरणको क्रान्ति हुन्छ, त्यसले पुँजीवादी समाजवाद स्थापना गर्दछ, त्यसपछिको चरणमात्र साम्यवाद हो । त्यो चरण आइपुग्न अभैm कुस्त समय बाँकी छ । त्यसै गरेर आफ्ना पालामा त तपाईंले यो सबै गर्नुभयो अहिले चाहिँ किन नहुने भनेर सोध्यो भने त्यतिखेर समयको माग थियो र अहिले त्यो माग छैन भन्ने जवाफ हाजिर हुन्छ जुन सिद्धान्त अनुसार आचरण गर्ने अवस्था आउन युगौं लाग्छ, जुन सिद्धान्त एक वर्षमा उचित अर्को वर्षमा अनुचित जस्ता चक्रीयतामा आधारित हुन्छ त्यसलाई सिद्धान्त मान्न सकिँदैन ।

आज र आफैँमा लागू गर्न नसकिने सिद्धान्त भनेको आफू ठालु भएर अन्य सबैलाई आफ्नो दास बनाउने प्रपञ्च हो । हिजो ठीक र आज बेठीक भन्ने कुरा मेरोमात्र स्वाथ्र्य सिद्धि गर्न पाऊँ भन्ने दूराग्रह हो । कुनै सिद्धान्तका प्रतिपादक, त्यसका समर्थक तथा त्यसका प्रचारकहरू आपैंmले त्यो सिद्धान्त अवलम्बन गर्न सक्दैनन् भने त्यसलाई सिद्धान्त मान्न नै अस्वीकार गरिनुपर्दछ । कुनै पनि सामाजिक वा राजनीतिक पद्धति सर्वसाधारणको भलाइका निमित्त हो भने त्यस पद्धतिको भलाइका निमित्त सर्वसाधारणले मात्र सधैं त्याग गर्नुपर्ने अवस्थाको अन्त्य हुनै पर्दछ । व्यवहारमा तुरुन्त लागू गर्न नसकिने र सर्वसाधारणको भन्दा अगुवाहरूको भलो हुने अनि उनीहरूको निमित्त सर्वसाधारणले सधैं दिइरहनुपर्ने व्यवस्था सर्वसाधारणको हुनै सक्दैन ।

बरू व्यासाशनमा बसेर पण्डितले वाचेको पुराण अध्यात्मवाद र परत्र सुधार्न उपयोगी होला तर भाषण छाँट्ने आफैँले व्यवहारमा ल्याउन नसक्ने सिद्धान्तहरूले केही सुधार्दैन सिवाय नेताहरूको जीवनस्तर । जनताको रगत पसिनाको कमाइबाट हिस्सा लिएर अगुवाको काम स्वीकारेकाले सधैंभरि भोको पेट बसेर भए पनि जनताले आफूहरूलाई मार्गदर्शन गरिरहनुपर्दछ भनेर गरेको आग्रह नकच्चरोपनको परकाष्टा हो । यदि कोही जनताको सम्पत्ति कर वा चन्दाबाट लिएर आफ्नो जीवनयापन गर्न छोडेर अरूसरह अन्य मिहिनेतले पालिएर अगुवाको जिम्मेवारी लिन्छ भने त्यो स्तुत्य छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?