जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट सुरू हुँदैछ। आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन हुन लागेको हो।

शनिबार विधान अधिवेशनको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको थियो। बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आज विधान महाधिवेशनमा पेश हुन लागेको हो ।

आइतबारको बैठकमा केन्द्रीय समितिका ४२३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित ७७८ प्रतिनिधि सहभागी हुने जसपाले जनाएको छ। यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले मंसिरमा भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ।

विधान अधिवेशनपश्चात जसपा अध्यक्ष उपेन्द्र यादवले आफूलाई थप अधिकारको व्यवस्था गरेर बलियो हुने प्रयास गर्नुभएको छ । विधान अधिवेशन आइतबार तय भएपनि हालसम्म विधान हेर्न नपाइएको भन्दै शनिबारको केन्द्रीय सदस्यले बैठकमा समेत विरोध गरेका थिए।

बैठकमा बोल्ने केहि केन्द्रीय सदस्यले पार्टी समाजवादी मोर्चामा सहभागी भएकोप्रति विरोध गरेका थिए। मोर्चामा सहभागी हुँदा पार्टीलाई घाटा मात्र भएकाले निर्वाचनमा एक्लै लड्नुपर्ने सुझाव उनीहरूले दिएका थिए ।

जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ।

प्रस्तावित बिद्यान अनुसार नयाँ केन्द्रीय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४४० केन्द्रीय सदस्य रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?