‘समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ’ : नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताउनुभएको छ ।

गृह जिल्ला रौतहट आउनुभएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार शुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिनुभएको हो ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उहाँको भनाइ थियो । ‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिंगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उहाँले भन्नुभयो ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताउनुभएको थियो । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उहाँको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?