बलात्कार आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ  ।

बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?