ट्रकको ठक्करबाट बाबु छोरीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापाको शिवसताक्षी नगरपालिकामा ट्रकको ठक्करबाट कारमा सवार दुइ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ७ बजे प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रकले र विपरित दिशा बाट आइरहेको प्र–१–०१–००च ७४८२ नंम्बरको को कारलाई बक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु बाबु छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० बबर्षीय गुरूचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहनुभएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उहाँहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

उहाँहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

घाइत भएका मृतक चौधरीका छोरा १० वर्षीय विकेश चौधरीसहित ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाहको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?