ऋतिक रोशनको ‘फाइटर’ को तुलना टम क्रुजको फिल्मसँग

Read Time = 2 mins

मुम्बई । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि बिभिन्र प्रतिक्रिया देखिन थालेको छ ।

आफ्नो नयाँ चरित्रको नयाँ झलक देखाएर उनले फ्यानहरुलाई रोमाञ्चित बनाएका छन् । यो फिल्मको ऋतिक रोशनको पहिलो लुक हो ।

तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।

ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’ रिलिज हुन सात महिना बाँकी छ।

जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले ‘फाइटर’ लाई टम क्रुजको फिल्म ‘टप गनः मावेरिक’सँग तुलना गरेका छन्।

एक प्रयोगकर्ताले लेख्छन्, ‘टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली ।’ अर्को प्रयोगकर्ता भन्छन्, ‘के यो टप गनको रिमेक हो ?’ तेस्रो प्रयोगकर्ता भन्छन्, ‘सस्तो टप गन।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?