कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

नगरपालिकाका-१२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर क्षेत्रको सर्भेको कार्य गरी जोखियुक्त क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताउनुभयो ।

“नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएका छौँ”, उहाँले भन्नुभयो, “अति प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ, नदी नियन्त्रणका लागि तटबन्धलगायतका संरचना निर्माणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।”

उहाँका अनुसार नदी नियन्त्रण संरचना निर्माणका लागि रु एक करोड ८८ लाख २७ हजार एक सय ५७ प्रतिकिलोमिटर लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिकाका १२ वटै वडामा बाढी र वर्षात्को पानीको सुरक्षित निकासको भरपर्दो व्यवस्था हालसम्म हुनसकेको छैन । परियोजनाअन्तर्गत डुबान पर्ने ५२ क्षेत्रको सर्भेको कार्य गरिएको छ ।

डुबान पर्ने क्षेत्रको पानी सुरक्षित तरिकाले निकास गर्नका लागि नजिकको खोलासँग नाला निर्माण गरी जोड्न सकिने योजना अघि सारिएको छ । जसको लागत अनुमान रु नौ करोड ७२ लाख एक हजार तीन सय ४७ रहेको छ ।

“नदीको जोखिमबाट नगरवासीलाई जोगाउनका लागि र खेतीयोग्य, आवास, सार्वजनिक क्षेत्रको जग्गा क्षय हुने डुबान हुने कार्य रोक्नका लागि विस्तृत परियोजना तयार गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “परियोजना कार्यान्वयनका लागि कार्य अगाडि बढाउँछौँ ।”

उहाँका अनुसार नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनाअन्तर्गत नगर चक्रपथ, नगरस्तरीय कभर्डहल र लक्ष्मीपुर खानेपानी आयोजना निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको छ । यसैगरी नगर यातायात गुरुयोजना निर्माण गरेको छ । जसअनुसार नगरपालिकाको सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ । हालसम्म ५१ दशमलव २८ किलोमिटर सडक कालोपत्र, ४८ दशमलव ६३ किलोमिटर सडक कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडकमा ग्राभेल गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?