निजामति सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छः अध्यक्ष रेग्मी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सकरारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकहरु निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने बताउनु भयो । उहाँले अभिभवकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामति सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताउनु भयो । उहाँले मुलुकको सामर्थ्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानिसहरु निजामति सेवातर्फ किन आकर्षित भएनन्, भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ । आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कतिको भन्छौँ ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ की ? निजामति सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरु के गर्नुपर्ने हो ? हाम्रो मुलुक सामथ्र्य अनुसार तुलनात्मक रुपमा अरु सेवा समूहमा कस्तो अवस्था छ ? यो सबै हिसावले गर्नुपर्छ । निजामति सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव त दिन्छ नै । नेपालको सेवा गर्ने इच्छा नै छैन भने तिनीहरुलाई जतिसुकै आकर्षक पाठ्यक्रम राखेर पनि केही हुँदैन । उहाँले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे की भन्ने विषय छ । त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने भए भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढी हुन्छ, अनुभवि कर्मचारी निजामति सेवामा नरहेर निजामति सेवालाई असर पुग्छ । प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।’

उहाँले निजामति कर्मचारीहरु २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवि कर्मचारी निजामति सेवामा नहुने समस्याले निजामति सेवालाई नै असर पुग्ने स्थिति आउने बताउनु भयो । उहाँले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?