इंग्ल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा

Read Time = 2 mins

सिड्नी । अष्ट्रेलियामाथि तीन-एकको जित हात पार्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि पछिल्ला दुई संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको इंग्ल्याण्डले पहिलोपल्ट फाइनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डको जितमा एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले एक-एक गोल गर्नुभयो । अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काउनुभयो । ३६औँ मिनेटमा एला टुनले गोल गर्दै इंग्ल्याण्डलाई १-० को अग्रता दिलाउनुभयो । रचेल डालीको थ्रो बलमा एलेसिया रुसोले गोल गर्नुभएको थियो ।

६३औँ मिनेटमा अष्ट्रेलियाकी कप्तान सामन्था खेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । खेलको अन्त्यमा लौरेन हेम्पले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाउनुभयो ।

अब इंग्ल्याण्डले उपाधिका लागि २० अगष्टमा स्पेनसँग खेल्नेछ । स्पेनले मंगलबार स्वीडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

सह-आयोजक अष्ट्रेलियाले १९ अगष्टमा तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ । २० जुलाईबाट अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न स्थानमा भएको विश्वकपमा ३२ टोलीको सहभागिता छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?