पाकिस्तानमा प्रि-मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते

Read Time = 2 mins

इस्लामाबाद । पाकिस्तानका विभिन्न क्षेत्रमा सोमबार भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्हृवालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण छ जनाको ज्यान गएको हो ।

राजधानी इस्लामावादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा तीनजनाको ज्यान गएको स्थानीय उद्धार टोलीले जनाएको छ । भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ । प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन् ।

प्रि-मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो । यसअघि पाकिस्तान मौसम विभाग (पीएमडी)ले आइतबारदेखि देशमा प्रि–मनसुन वर्षा सुरु हुने भविष्यवाणी गरेको थियो जुन ३० जुनसम्म जारी रहने अनुमान गरिएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?