जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

Read Time = 3 mins

टोकियो । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनःस्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मंगलबार यसबारे जानकारी दिएको छ ।

यस वर्षको सुरुमा सियोलले जापानलाई आफ्नो व्यापार ‘सेतो सूची’ मा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको पछिल्लो कदमको रूपमा लिएको छ ।

दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फाष्ट ट्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने टोकियोको व्यापार मन्त्रालयले जनाएको छ । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूर कब्जाको तीतो सम्झनाका कारण दुई अमेरिकी सहयोगीबीचको सम्बन्ध लामो समयदेखि चिसिएको छ ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो । जसको कारण जस्तालाई त्यस्तै (टिट/फर/ट्याट) आर्थिक नीति लिएको थियो । तर, गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उहाँले उत्तर कोरियाको उक्त धम्कीलाई मध्यनजर गर्दै जापानसँगको सम्बन्धलाई द्रूत गतिमा सुदृढ पार्ने काम गर्दै आउनुभएको छ ।

मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताविना पीडितलाई क्षतिपूर्ति दिने योजनाको सुरु गर्नु भएको थियो जुन घरेलु रूपमा अलोकप्रिय थियो तर जापानसँगको सम्बन्ध सुधार गर्न भने यसले मद्धत गरेको थियो ।

त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिलमा युनसँग टोकियो र गत महिना किशिदाले सियोलको यात्रा गर्दै नियमित उच्चस्तरीय वार्ता पुनः सुरु गर्दै सम्बन्धलाई सुमधुर बनाउने दिशामा अगाडि बढ्नु भएको छ ।

जापानले पनि यसवर्ष दक्षिण कोरियाका लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्राणत्मक नीति हटाएको छ । त्यसैगरी सियोलले पनि जापानविरुद्ध डब्ल्युटीओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य खुफिया/साझेदारी सम्झौतालाई सामान्य बनाउन अगाडि सरेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?