बागमती प्रदेशसभाको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अबरोेधका कारण मंगलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अबरोध गरेका थिए ।

आज पुन सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो, जुन बजेटमाथि आज छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?