कमल थापा समलिङ्गी विवाहको बिपक्षमा, भन्छन्- सर्वोच्चको फैसला त्रुटीपुर्ण छ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिनुभएको छ ।

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिनुभएको हो ।

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उहाँले भन्नुभएको छ, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?