पहिचानवादीहरुले इलाममा एमाले नेता योगेश भट्टराईलाई देखाए कालो झन्डा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार आईपुग्नुभएका भट्टराईलाई कालो झन्डा देखाईएको हो ।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?